जसपाले टिकट नदिएपछि गणेशमान चारनाथका मेयर यादव लोसमामा प्रवेश


जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा प्रवेश गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा)बाट मेयरमा टिकट नपाएपछि रुष्ट बनेका यादव आज लोसपामा प्रवेश गरेका हुन् । उनलाई लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरिया र मधेसका संसदीय दलका प्रमुख सचेतक परमेश्वर साहले पार्टी प्रवेश गराएका छन् ।

यादव लोसपाबाट पुन: मेयरमा भोली उम्मेदवारी दिने बताइएको छ । उनी गत निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए ।

प्रकाशित : २०७९ बैशाख ११, आईतवार १६:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ