सातवटै प्रदेशमा चट्याङ्सहित वर्षाको सम्भावना


काठमाडौं । सातवटै प्रदेशमा आज पानी पर्ने भएको छ ।

प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति प्रदेश–१ र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यता सफा रहने विभागले जनाएको छ ।

गण्डकी प्रदेशका थोरै स्थानमा र प्रदेश–१ र कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ ।

प्रकाशित : २०७९ बैशाख १६, शुक्रबार ०६:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ