जनकपुरधाममा मेयरका दुई उम्मेदवारसहित १४ जनाको उम्मेदवारी फिर्ता


जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका दुई जना सहित १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

मेयरका लागि स्वतन्त्रबाट उम्मेदवारी दिएका बैधनाथप्रसाद साह र नन्दकुमार भगतले उम्मेदवारी फिर्ता लिएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

उनका अनुसार उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका विश्वनाथ साह सुडीले पनि उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै, स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवारी दिएका १० जनाले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

राप्रपाबाट सदस्य पदमा मनोनयन दर्ता गराएका अकबर कबाडीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रकाशित : २०७९ बैशाख १६, शुक्रबार १९:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ