उम्मेदवारको मृत्यु भएपछि निर्वाचन स्थगित


काठमाडौं । वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि कपिलवस्तुको बुद्धभूमि गाउँपालिकामा स्थानीय तह निर्वाचन स्थगित भएको छ ।

गाउँपालिकाको वडानम्बर ८ का वडाध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको मृत्यु भएकोले आजको निर्वाचन कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमालेबाट उम्मेदवार बनेका तिवारीको शुक्रबार मृत्यु भएको सूचना प्राप्त भएपछि निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गर्दै निर्वाचन कार्यक्रम स्थगित गरेको हो ।

प्रकाशित : २०७९ बैशाख १७, शनिबार २०:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ