स्थानीय निर्वाचनः कुन पदका उम्मेदवार कति खर्च गर्न पाउँछन् ? हेर्नुस् डिटेल


काठमाडौं । स्थानीय तहको निर्वाचनमा महानगरपालिकाको मेयरका उम्मेदवारले साढे सात लाख मात्रै खर्च गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको हद तोकेको छ । आयोगले ईबुलेटिनमार्फत सूचना प्रकाशित गरी उम्मेदवारले गर्न पाउने खर्चको हदबारे सचेत गराएको छ ।

आयोगका अनुसार, महानगर मेयर र उपमेयरका उम्मेदवारले साढे सात लाखसम्म खर्च गर्न पाउनेछन् । त्यस्तै, महानगरका वडाध्यक्ष, वडा सदस्य र दलित महिला सदस्यले तीन लाखसम्म मात्रै खर्च गर्न पाउनेछन् ।

यसैगरी, उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले साढे पाँच लाखसम्म खर्च गर्न पाउनेछन् । वडाध्यक्ष र सदस्यहरुले दुई लाख ५० हजारसम्म खर्च गर्न पाउनेछन् ।

नगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारलाई साढे चार लाखसम्म खर्च गर्ने छुट दिइएको छ । त्यस्तै, वडाध्यक्ष र सदस्यहरुले दुई लाखसम्म खर्च गर्न पाउनेछन् ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले साढे तीन लाख खर्च गर्न पाउने व्यवस्था छ । वडाध्यक्ष र सदस्यका उम्मेदवारले भने एक लाख ५० हजार मात्रै खर्च गर्न पाउनेछन् ।

प्रकाशित : २०७९ बैशाख १८, आईतवार ०९:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ