बलान बिहुलमा कांग्रेसको घोषणपत्र, ३ वर्षमा कार्यान्वयन नगरे राजीनामा दिने


राजविराज । सप्तरीको बलान बिहुल गाउँपालिकाका लागि नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको छ ।

गाउँपालिकामा अध्यक्षका कांग्रेस उम्मेदवार ई. नविन झा र उपाध्यक्ष उम्मेदवार आशादेवी मण्डलले घोषणपत्र सार्वजनिक गर्दै यसलाई कार्यान्वयन गर्न नसके तीन वर्षमा राजीनामा दिने बताए ।

झाले तीन वर्षमा घोषणापत्रमा उल्लेख गरिएका सबै बुँदा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे । गुणस्तरीय शिक्षाका लागि शिक्षकको व्यवस्था, कुल बजेटको २० प्रतिशत थप रकम पालिकाबाट शिक्षामा लगानी गर्ने, जनतालाई सहज स्वास्थ्य सुविधा दिन उच्चरक्तचाप, मधुमेह, थाइराइडलगायतका रोगको औषधि पालिकाबाट निशुल्क वितरण गर्ने घोषणा पत्रमा उल्लेख छ ।

प्रत्येक घरधुरीको स्वास्थ्य बीमा गरी तीन⁄तीन महिनामा अनिवार्य स्वास्थ्य परीक्षण गराउने झाले बताए । आधुनिक खेतीका लागि खेतमा विद्युत सहितको सिंचाइ पुर्‍याउने र भूमिहिनका लागि नमूना बस्ती बनाउने उद्घोष पनि उनले गरे ।

प्रकाशित : २०७९ बैशाख १८, आईतवार १८:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ