भोली सार्वजनिक विदा !


काठमाडौं । मुस्लिम धर्मावलम्बीको पवित्र चाड इदको अवसरमा भोली मंगलबार सार्वजनिक बिदा हुने भएको छ । मुस्लिम आयोगले भोली विदा दिन सरकारलाई सिफारिस गर्ने भएकाे हाे ।

सोमवार इदकाे विदा दिइने चर्चा भएपनि सरकारले निर्णय लिएकाे थिएन । आइतबार साँझ चन्द्रमा नदेखिएको हुनाले सोमवार बिदा दिन गृह मन्त्रालयलाई पत्राचार नगरिएकाे आयाेगले जनाएकाे छ ।

आयोगका अध्यक्ष समिम अन्सारीले भने, ‘आइतबार चन्द्रमा देखिएकाले सोमवार बिदाका लागि सिफारिश गर्न सकिएन । अब गृह मन्त्रालयलाई पर्सी बिदा दिनका लागि सिफारिस गर्छौं ।’

गृह मन्त्रालयका अधिकारी आइतवार अबेरसम्म आयाेगकाे पत्र पर्खिरहेका थिए । अध्यक्ष अन्सारीका अनुसार आयोगले मंगलवार बिदा दिनका लागि पत्र तयार गरिसकेको छ । साे पत्र आज मात्र गृह मन्त्रालयलाई पठाइने छ ।

मुस्लिम आयोगले गर्ने सिफारिसका आधारमा गृह मन्त्रालयले निर्णय लिने बुझिएको छ । चैत महिनामा बसेको मन्त्रिपरिषद् बैठकले २०७९ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक पर्व एव सट्टा बिदा कार्यालय समय राजपत्रमा प्रकाशित गरेको थियो ।

राजपत्रमा प्रकाशित सूचनामा इस्लाम धर्मावलम्बीको पर्व इद (इद उल अजहा)का दिन र इद (इद उल फित्र)का दिन बिदा दिने उल्लेख गरिएको छ ।

प्रकाशित : २०७९ बैशाख १९, सोमबार ०९:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ