कान्छा श्रीमान रोजेका ५ नायिका, कसको उमेर अन्तर कती ?


कतिपय दम्पतिमा श्रीमतीभन्दा श्रीमान् कान्छाे भएकाेदेखेका छाैँ, तर प्राय समाजमा श्रीमती भन्दा श्रीमानकाे उमेर केहि बर्षले ठूलाे हुनु पर्ने मान्यता छ ।अहिलेकाे समयमा धेरै यस्ता केस देख्न सकिन्छ जहाँ श्रीमान भन्दा श्रीमती जेठी हुन्छिन् ।

नेपाली फिल्म क्षेत्रमा पनि यस्ता थुप्रै जोडी छन् जसमा श्रीमान भन्दा श्रीमती जेठी छन्। यो नेपालमा मात्र नभइ बलिउड हलिउडका सुन्दरीहरू पनि कान्छा युवकसग प्रेम देखि बिवाहसम्म गरेको पाइन्छ ।

बलिउड सुन्दरी प्रियंका चोपडाले कान्छा युवकसँग बिवाह गरेकी छन् । भने नायिका मलाइक अरोराले पनि कान्छा प्रेमिसँग बिवाह गर्न् लागेको चर्चा छ ।

त्यस्तै सुस्मिता सेन पनि कम उमेरको युवकसँग अफेयरमा रहेर भर्खरै ब्रेकअपको चर्चा छ । यसैक्रममा श्रीमानभन्दा बढी उमेरका ५ नेपाली नायिकाबारे चर्चा गर्दैछाैँ ।

प्रियंका कार्की
नेपाली चलचित्र क्षेत्रकि सबैभन्दा चर्चित नायिकामा पर्छिन् प्रियंका । प्रियङ्का र अभिनेता आयुष्मान देशराज जोशी २०७६ साल फागुन १७ गते विवाह बन्धनमा बाँधिएका थिए ।

लामो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका यी दुई जोडी प्राय: आफूहरु बीच रहेको उमेरको भिन्नताले चर्चामा आउने गर्छन् । प्रियंका आयुष्मान भन्दा ६ वर्ष जेठी छन् ।

श्वेता खड्का
नेपाली चर्चित अभिनेता स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठसँग पहिलो विवाह गरेकी अभिनेत्री श्वेता खड्काको दोस्रो विवाह गत वर्ष मङ्सिर २२ गते प्रख्यात व्यापारी बिजेन्द्रसिंह रावतसँग भएको हो। श्वेता आफ्नो श्रीमान बिजेन्द्र भन्दा उमेरमा ४ वर्ष जेठी छिन् ।

बिपना थापा
कुनै समय नेपाली फिल्म जगतमा राज गरेकी नायिका बिपना थापा पनि आफ्ना श्रीमान भन्दा जेठी छिन्। उनी डाक्टर आशुतोषसँग विवाद बन्धनमा बाँधिएकीछिन्। यी दुई बीच पनि ४ वर्षको र भिन्नता छ ।

निशा अधिकारी
राष्ट्रिय क्रिकेट टोलीका खेलाडी शरद भेषवाकरसँग प्रेम सम्बन्धमा रहेकी निशाको विवाह भएको पनि ४ वर्ष भइसक्यो। नेपालमा चर्चित र धेरै रुचाइएको जोडीमा पर्ने यी जोडीको बीच दुई वर्षको भिन्नता रहेको छ।

मेलिना मानन्धर
नेपाली चलचित्र जगतकी सुन्दरी नायिका भनेर चिनिने मेलीना मानन्धर पनि आफ्नो श्रीमान मुकेश ढकालभन्दा जेठी छिन् । मेलिना मुकुश भन्दा चार वर्ष जेठी छिन् ।

प्रकाशित : २०७९ बैशाख २५, आईतवार ०७:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ