नयाँ बजेटमा सरकारी कर्मचारीको तलब कति बढ्छ ? हेर्नुस् डिटेल


काठमाडौं । हाल अर्थ मन्त्रालयले सिलिङको आधारमा बजेटको तयारी गरिरहेको छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ४७ अर्ब रुपैयाँ बजेट सिलिङ दिएको छ ।

यसैको आधारमा छलफल भइरहेको मन्त्रालय स्रोतको भनाइ छ । अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी नयाँ बजेटमा सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँले बढ्ने भएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबाट कर्मचारीको तलब बढाउने तयारी गरेको हो । चालू आवको बजेट सार्वजनिक गर्दा पूर्वअर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब नबढाएर भत्ता सोलोडोलो २ हजारले बढाएका थिए ।

यसपालि भने तलब नै २ हजार रुपैयाँले बढ्ने भएको हो । भत्ताको भार सरकारलाई तत्कालका लागि मात्रै परे पनि कर्मचारीको मासिक तलब वृद्धिको असर भने दीर्घकालसम्म पर्नेछ ।

बढेको तलबले अवकाशप्राप्त कर्मचारीका लागि सरकारको सामाजिक सुरक्षा खर्च (निवृत्तिभरण) व्यवस्थापनमा पनि चाप पर्नेछ ।

प्रकाशित : २०७९ बैशाख २६, सोमबार ०६:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ