एमाले मेयर उम्मेदवारको गाडीमा आगजनी


सुर्खेत । दैलेखको आठबीस नगरपालिकाको मेयरका उम्मेदवार तर्कबहादुर बडुवाल चढ्ने बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडीमा आगजनी भएको छ ।

चालक गाडीभित्रै सुतिरहेको समयमा आठबीस नगरपालिका– ४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होलमा पार्क गरी राखिएको स्कार्पियोमा राति अज्ञात समूहले आगजनी गरेको हो ।

चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै रहेको खोलाको नहरमा पर्याएका थिए । जस कारण धेरै क्षति हुन भने पाएन ।

घटनाबारेमा प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय राकम कर्णालीले जनाएको छ ।

प्रकाशित : २०७९ बैशाख २६, सोमबार ०७:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ