कक्षा १२ को परीक्षा केन्द्र निर्धारण


काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ ।

आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरेर कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।

बोर्डका प्रदेश परीक्षा व्यवस्थापन कार्यालय एवं शाखा कार्यालयहरूले आ आफ्नो सेवा क्षेत्र भित्रका विद्यालयहरूलाई सोही अनुसार जानकारी गराउन पनि परीक्षा नियन्त्रण कार्यालयले निर्देशन दिएको छ ।

प्रकाशित : २०७९ बैशाख २६, सोमबार ०९:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ