सिराहामा मतदान सामग्री बुझ्न अधिकृतहरुको यतिधेरै भिड देखियो


सिराहा । स्थानीय तह सदस्य निर्वाचनका लागि सिराहामा मतपत्र, मतदान सामग्री र नियुक्तिपत्र बुझ्न भिड लागेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र, मतपेटिका, स्वस्तिक छापलगायतका ६३ प्रकारका सामग्री बुझ्न मतदान अधिकृतहरू लाइन लागेका हुन्।

जिल्लाका १७ स्थानीय तहमा योपटक २६१ मतदानस्थल र ४९८ मतदान केन्द्र निर्धारण गरिएको छ । जसका लागि ४९८ मतदान अधिकृत, ४९८ सहायक मतदान अधिकृत, एक हजार ४९४ अन्य कर्मचारी र एक हजार ४९४ स्वयंसेवक खटिएका छन् ।

सिराहा जिल्लामा दुई लाख १४ हजार १६६ पुरुष, एक लाख ९४ हजार ६ सय महिला र दुई अन्य गरी कुल चार लाख १४ हजार १६६ मतदाता रहेका छन् ।

प्रकाशित : २०७९ बैशाख २६, सोमबार १८:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ