मधेस प्रदेशमा आज सार्वजनिक विदा, मुख्यमन्त्रीले विज्ञप्तीमा ‘प्रदेश २’ लेखे


जनकपुरधाम । मधेस सरकारले माता जानकीको जन्मोत्सव अर्थात जानकी नवमीको अवसरमा आज सार्वजनिक विदा दिएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले विज्ञप्ती मार्फत आज प्रदेशमा सार्वजनिक विदा दिएको जानकारी गराएका हुन् । जानकी नवमीको अवसरमा उनले नेपाली दाजुभाई दिदीवहिनीहरूमा सु-स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

जानकी नवमीले धार्मिक आस्थाका साथै जनकपुर र प्रदेशको गरिमालाई समेत विश्व स्तरमा स्थापित गर्ने भएको हुँदा यस पर्वको गरिमाको संरक्षण, सम्बर्द्धन र प्रचार प्रसारमा प्रदेश सरकार हरसम्भव प्रतिबद्ध रहदै आएको मुख्यमन्त्री राउतले उल्लेख गरेका छन् ।

मुख्यमन्त्री राउतले जारी गरेको विज्ञप्तिमा भने गम्भीर त्रुटी भेटिएको छ । उनले मधेस प्रदेश हुनुपर्नेमा ‘प्रदेश २’ लेखेका छन् ।

प्रकाशित : २०७९ बैशाख २७, मंगलवार ०८:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ