जनकपुर : प्रचण्ड आउदै, बरबरियाका लागि भोट माग्ने


जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ आज धनुषा आउने भएका छन् ।

शहिदनगर नगरपालिका ३ यदुकोहामा माओवादीले आयोजना गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड आउन लागेका हुन् । चुनावी सभा दिउँसो ३ बजे सुरु हुने भनिएको छ ।

स्रोतका अनुसार अध्यक्ष प्रचण्ड हेलिकप्टरबाट आउने र यदुकोहामै ल्याण्ड गर्ने व्यबस्था मिलाएको छ ।

शहिदनगरमा माओवादीबाट उदय बरबरिया पुन: मेयरमा उम्मेदवारी दिएका छन् । उनकै लागि भोट माग्न प्रचण्ड आउन लागेका हुन् ।

प्रकाशित : २०७९ बैशाख २७, मंगलवार १०:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ