पूर्वप्रमुख आयुक्त यादवलाई निर्वाचन पर्यवेक्षकको अनुमति दिन अस्वीकार


काठमाडौं । निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई स्थानीय तहको चुनावमा पर्यवेक्षकको रुपमा खटाउन अस्वीकार गरेको छ।

२०७० को संविधानसभा सदस्य र २०७४ मा तीन तहको चुनाव गराउँदा प्रमुख आयुक्त रहेका यादवले अहिले पर्यवेक्षक बनाउन आयोगले नमानेको हो ।

माओवादी केन्द्रको निर्वाचन विभाग सदस्य रहेका कारण यादवले विशेष पर्यवेक्षकका बन्न दिएको निवेदन आयोगले अस्वीकृत गरेको हो । आयोगले स्रोतले भन्यो, ‘दल विशेषको विभागमा रहेको व्यक्तिलाई हामीले पर्यवेक्षकका रुपमा खटाउन सक्दैनौँ ।’

यादवले आयोगबाट अवकाश पाउनेबित्तिकै माओवादी केन्द्रको राजनीतिक गतिविधिमा सहभागी हुदै आएका छन् ।

प्रकाशित : २०७९ बैशाख २७, मंगलवार १५:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ