जनकपुरमा मुस्लिम आयोगका अध्यक्ष मियाँले पैसा बाँडेको आरोप !


काठमाडौं । धनुषाको जनकपुरधामस्थित एक होटलमा बसिरहेका मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीमाथि पैसा बाँडेको आरोप लागेको छ ।

तर, प्रहरीले अन्सारी त्यस्तो कुनै गतिविधिमा संलग्न रहेको नदेखिएको जनाएको छ । धनुषा प्रहरी प्रवक्ता प्रदीप क्षेत्रीले अन्सारीलाई होटलबाट सिधै एयरपोर्ट पुर्‍याइएको बताए ।

‘उहाँ प्रदेश सभासद् रहेका एक जना एमाले नेताको घरमा खाना खान जान लाग्नु भएको रहेछ । त्यही क्रममा पैसा बाँडिरहेको भन्दै हल्ला भएपछि हामी होटल पुगेका थियौं । तर, केही पनि भेटेनौं । हामीले उहाँलाई सोझै एयरपोर्ट छाड्यौं’, क्षेत्रीले भने ।

अन्सारी ती नेताको घरमा खाना खाएर काठमाडौं फर्कने तयारीमा थिए ।

प्रकाशित : २०७९ बैशाख २९, बिहीबार १३:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ