जनकपुरधाम एमाले अध्यक्ष भण्डारी किन पक्राउ परे ?


जनकपुरधाम । धनुषा प्रहरीले नेकपा एमाले जनकपुरधाम उपहानगरपालिका अध्यक्ष सुरेन्द्र भण्डारीलाई पक्राउ गरेको छ ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले पैसा बाँडेको भन्दै एमाले नेता भण्डारीसहितका नेता कार्यकर्ताले विरोध गरेका थिए । उनीहरुले होहल्ला गर्नुका साथै प्रहरीलाई दुव्र्यवहार गर्न खोज्दा भण्डारी पक्राउ गरेको बुझिएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदिप क्षेत्रीले प्रहरीलाई नै दुव्र्यवहार गरेपछि एमाले नेता भण्डारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए ।

प्रकाशित : २०७९ बैशाख २९, बिहीबार १३:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ