मुस्लिम आयोगका अध्यक्ष अन्सारीले भने- रघुवीर र जुली महतोले मेरो चरित्र हत्या गरे


काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफ्नो चरित्र हत्या गर्न पैसा बाँडेको आरोप लगाएका छन् ।

अन्सारीमाथि जनकपुरमा मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोप लागेको थियो । त्यसको खण्डन गर्दै अन्सारीले एमालेका नेताहरू नै आफ्नो चरित्र हत्या गर्न लागिपरेको बताएका हुन् ।

जनकपुरमा पैसा बाँडेको आरोप लागेका उनी बिहीबार साढे १२ बजेको फ्लाइटमार्फत काठमाडौं आएका थिए । काठमाडौंमा आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै अन्सारीले भने, ‘एमाले नेता रघुवीर महासेठ र जुली महतो मेरो चरित्र हत्या गर्न लागेका छन् । उनीहरूले नै यस्तो फन्डा मच्चाएका हुन् ।’

आफू जुन पार्टीबाट सिफारिस भएर संवैधानिक आयोगको अध्यक्ष बनेको हो त्यही पार्टीका नेताले आफ्नो चरित्र हत्या गर्न लागेको उनले गुनासो गरेका छन् ।

आफू विशेष कामले बुधवार जनकपुर गएको र आजै काठमाडौं फर्किने कार्य तालिकाअनुसार काठमाडौं फर्किएको अन्सारीको दाबी छ ।

प्रकाशित : २०७९ बैशाख २९, बिहीबार १७:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ