मतदाता बोकेको जीप दुर्घटना : १३ जनाको मृत्यु, एक दर्जन घाइते


रुपन्देही । स्याङ्जाको वालिङ १४ सिख्रे अर्खलाबासमा मतदाता लिएर आएको ग २ च ३०२६ नम्बरको जीप पल्टिँदा १३ जनाको मृत्यु भएको छ ।

सो जीपमा २४ जना रहेको र १३ जनाको मृत्यु भएको घटनास्थलमा पुगेका पत्रकार शिव डुम्रेले जानकारी दिए । अन्य घाइतेको पनि अवस्था गम्भीर भएको र उनीहरुलाई उपचारका लागि पोखरा पठाइएको उनले बताए ।

सो जीप बाटोबाट करिब १ सय ५० मिटर तल खसेको थियो । कच्ची बाटोमा क्षमताभन्दा धेरै जना चढेको र बाटोबाट धेरै तल खसेकाले धेरै क्षति भएको हुनसक्ने स्थानीय चक्रपाणी डुम्रेले बताए ।

जिल्ला प्रहरी कार्यालय स्याङजाले १३ जनाको मृत्यु भएको र ११ जना थप उपचारका लागि पोखरा पठाइएको प्रारम्भिक सूचना आएपनि घटनास्थल पुगेको टोली आएपछि मात्रै पूरा विवरण आउने जनाएको छ ।

प्रकाशित : २०७९ बैशाख ३०, शुक्रबार १२:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ