हावाहुरीले मतदान स्थलको टेन्ट भत्कायो


सिरहा । हावाहुरीले सिरहाको विभिन्न मतदनस्थलमा लागेको टेन्ट भत्काएको छ ।

आज दिउँसो करिब साढे ३ बजेपछि आएको हावाहुरीले सिरहाको विभिन्न मतदान केन्द्रको टेन्ट भत्काएपछि मतदान कार्यक्रम स्थगन भएको हो ।

हावाहुरी र वर्षासँगै आएपछि निर्वाचनका लागि खटिएका कर्मचारी र प्रहरीले मतपेटिका र निर्वाचन सामग्री आफूसँगै सुरक्षित राखेको जानकारी जिल्ला निर्वाचन अधिकृत इन्दिरा यादवले जानकारी दिए ।

वर्षा समाप्त भएपछिअवस्था हेरेर मतदान कार्यक्रम सुचारु गर्ने वा के गर्ने भन्ने बारे निर्णय लिइने उहाँले जानकारी दिए ।

प्रकाशित : २०७९ बैशाख ३०, शुक्रबार १६:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ