मधेस : २१ राउन्ड फायर र १२ सेल अश्रु ग्याँस प्रहार, ८ मतदान केन्द्रमा मतदान अवरुद्ध


काठमाडौं । मधेस प्रदेशका विभिन्न मतदान केन्द्रहरूमा भएका झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २१ राउन्ड फायर र १२ सेल अश्रु ग्याँस प्रहार गरेको छ ।

मधेस प्रदेश प्रहरी प्रवक्ता तुलबहादुर कार्कीका अनुसार सर्लाहीमा ६, पर्सा र रौतहटमा ५/५, बारामा ३ तथा सिराहा र महोत्तरीमा १र१ राउन्ड फायर गरिएको छ ।

रौतहटका ४, बाराका तीन र सप्तरीका एउटा मतदान केन्द्रमा मतदान रोकिएको प्रहरीले जनाएको छ ।विवादका कारण मतदान फेरी सुरु हुन सकेको छैन ।

अन्य स्थानमा मतदान सुचारु रहेको प्रहरीले जनाएको छ । वर्षाका कारण रोकिएको मतदान सम्पन्न हुन अझै केही समय लाग्ने कार्कीले जानकारी दिए ।

प्रकाशित : २०७९ बैशाख ३०, शुक्रबार १८:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ