Breaking : जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साह अगाडी


जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा बिहानदेखि मतगणना जारी छ ।

वडा नम्बर १ को ४ सय मत गणना हुँदा नेपाली कांग्रेसबाट राजीनामा दिएर मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले अग्रता लिएका छन् ।

साहले १ सय ३५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका शिवशंकर साह ‘हिरा’ ले ४५ र अर्का स्वतन्त्र उम्मेदवार बलराम साहले ३३ मत प्राप्त गरेका छन् ।

सत्तारुढ गठबन्धनका उम्मेदवार लालकिशोर साहले २८ मत प्राप्त गरेका छन् ।

प्रकाशित : २०७९ बैशाख ३१, शनिबार ०९:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ