स्थानीय निर्वाचन : अहिलेसम्म कुन पार्टीले कुन कुन पालिका जिते ? हेर्नुस् डिटेल


काठमाडौं । स्थानीय निर्वाचनअन्तर्गत हालसम्म १९ स्थानीय तहको मत गणना सकिँदा नेकपा एमाले र नेपाली कांग्रेस बराबरीमा रोकिएका छन् । हालसम्म एमालेले ७ र नेपाली कांग्रसले सात पालिका जितेका छन् ।

दुई पालिका प्रमुख जितेर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी तेस्रो स्थानमा छन् ।एकीकृत समाजवादीले डोल्पाका दुई गाउँपालिका निर्विरोध जितेबाहेक अन्यत्र सफलता पाएको छैन ।

नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह
१. से फोक्सुण्डो गाउँपालिका– डोल्पा
२. चामे गाउँपालिका– मनाङ
३. ङिस्याङ गाउँपालिका– मनाङ
४. घेकर दामोदरकुण्ड गाउँपालिका– मुस्ताङ
५. लोमन्थाङ गाउँपालिका– मुस्ताङ
६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका– मुस्ताङ
७. खुम्बु पासाङल्हामु गाउँपालिका– सोलुखुम्बु

नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह
१. नार्पाभूमी– मनाङ
२. घरपोझोङ– मुस्ताङ
३. नासो गाउँपालिका– मनाङ
४. गुल्मी दरबार गाउँपालिका– गुल्मी
५. गन्यापधुरा गाउँपालिका– डडेल्धुरा
६. मुसिकोट नगरपालिका– गुल्मी
७. खार्पुनाथ गाउँपालिका– हुम्ला

नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह
१. काइके गाउँपालिका– डोल्पा
२. छार्का साङतोङ गाउँपालिका– डोल्पा

माओवादी केन्द्रले जितेका स्थानीय तह
१. जगदुल्ला गाउँपालिका– डोल्पा
२. नौमुले गाउँपालिका– दैलेख

प्रकाशित : २०७९ जेष्ठ १, आईतवार ०८:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ