नवराजपुर १ को वडाध्यक्षमा नविन यादव विजयी, निवर्तमान वडाध्यक्ष अवतारी पराजित


जयनाथ यादव, लहान । सिरहाको नवराजपुर गाउँपालिका १ को वडाध्यक्षमा जसपाका नविन यादव विजयी भएका छन् ।

उनले निवर्तमान वडाध्यक्ष एवं नेकपा एमालेका राम औतार यादव (अवतारी)लाई पराजित गरेका हुन् । निर्वाचित वडाध्यक्ष यादवले ९१३ मत ल्याएका छन् ।

उनका निकटम प्रतिस्पर्धी एमालेका राम औतारले ८५० मत पाएका छन् । जसपालाई नवराजपुरमा नेकपा एकिकृत समाजवादीले सहयोग गरेको छ ।

प्रकाशित : २०७९ जेष्ठ १, आईतवार १०:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ