चुवाव जितेको खुसीयाली मनाउँदा बेहोस भएर ढलेका वडा सदस्यको मृत्यु


धनकुटा । वडा सदस्यमा जितेको खुसीयाली मनाउँदै गर्दा बेहोस भएर ढलेका उम्मेदवारको मृत्यु भएको छ ।

धनकुटाको चौविसे गाउँपालिका वडा नं २ का नवनिर्वाचित वडा सदस्य सूर्यअटल मगरको उपचारको क्रममा मृत्यु भएको हो ।

मगर मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दा बेहोस भएर ढलेका थिए ।

बेहोस भएका उनलाई उपचारका लागि विराटनगरको नोबेल अस्पताल विराटनगर भर्ना गरिएको थियो ।

प्रकाशित : २०७९ जेष्ठ १, आईतवार १२:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ