लहानको मेयरमा कांग्रेसका चौधरी एमालेका साहभन्दा दोब्बर मतले अगाडी


जयनाथ यादव, लहान । सिरहाको लहान नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार बनेका महेश चौधरी सुरुदेखि नै अग्रता लिएका छन् ।

लहान नगरपालिका वडा नम्बर १,२ र ३ को २५४३ मत गन्दा मेयरमा कांग्रेसका चौधरी १ हजार ३६८ मत पाएका छन् । नेकपा एमालेका मुनी साह ७९३ मतका साथ दोस्रो स्थानमा रहेको बताइएको छ ।

साह लहानका निवर्तमान मेयर हुन् । नेपाली कांग्रेस- नेकपा माओवादी केन्द्र- जसपाबीच गठबन्धन बनेका कारण चौधरी सुरुदेखि नै अग्रता कायम राखेका छन् ।

प्रकाशित : २०७९ जेष्ठ १, आईतवार १३:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ