सिरहामा एमालेबाट वडाध्यक्षमा महिला उम्मेदवार विजयी


जनकपुरधाम । सिराहाको भगवानपुर गाउँपालिका १ को वडाध्यक्षमा महिला उम्मेदवार मीरादेवी यादव विजयी भएकी छन् ।

यादवलाई नेकपा एमालेले वडाध्यक्षको उम्मेदवार बनाएको थियो । उनी ६०३ मत ल्याएर विजयी भएको बताइएको छ ।

उनका निकटम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का वडाध्यक्ष उम्मेदवार बद्रीनारायण यादवले ५१६ मत ल्याएका छन् ।

प्रकाशित : २०७९ जेष्ठ १, आईतवार १६:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ