जनकपुरको ३ वडाको नतिजा सार्वजनिक, हेर्नुहोस् डिटेल


जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको ३ वटा वडाको नतिजा सार्वजनिक भएको छ । पछिल्लो परिणाम अनुसार दुई वडामा नेपाली कांग्रेसले प्यानलै जित हात पारेको छ ।

वडा नम्बर १ मा कांग्रेसबाट उम्मेदबारी दिएका दीपनारायण यादव निर्वाचित भएका छन् । उनी ११ सय ४३ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका लभकुमार अधिकारीले ५ सय ४१ मत प्राप्त गरेका छन् ।
वडा नम्बर २ मा पनि नेपाली कांग्रेसको प्यानलनै निर्वाचित भएको छ ।

यो पार्टीबाट वडाअध्यक्ष पदमा उम्मेदबारी दिएका शिबकुमार साह निर्वाचित भएका छन् । साह ६ सय ११ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एकीकृत समाजवादीका अशोक कुमार गुप्ताले २ सय ९५ मत पाएका छन् ।

वडा नम्बर ३ मा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) विजयी भएको छ । तमलोपाबाट वडाअध्यक्ष पदमा उम्मेदबारी दिएका दीपेन्द्र कुमार साह २ सय ७६ मत ल्याएर निर्वाचिछत भएका छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका सुनिल लाल दासले २ सय ५९ मत प्राप्त गरेका छन् ।

प्रकाशित : २०७९ जेष्ठ १, आईतवार १८:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ