लुम्बिनीमा ओ‌र्लिए लगत्तैै मोदीले भने, ‘बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी छु’


लुम्बिनी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी ओर्लिएका छन् । उनी सोमबार बिहान साढे १० बजे भैरहवामा आइपुगेका थिए ।

त्यहाँबाट उनी सिधै लुम्बिनीस्थित मायादेवी मन्दिरतर्फ लागेका छन् । उनी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नओर्लिएर भैरहवामा उनका लागि निर्माण गरिएको हेलिप्याडमा ओर्लिएका थिए ।

मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले हेलिप्याडमै पुगेर स्वागत गरेका थिए । नेपाल ओर्लिए लगत्तै मोदीले ‘बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी भएको’ प्रतिक्रिया दिए ।

उनको स्वागतका लागि प्रधानमन्त्री देउवासहित सरकारका मन्त्रीहरु पनि लुम्बिनी पुगेका छन् । लुम्बिनीको सुरक्षा अबस्था कडा पारिएको छ ।

प्रकाशित : २०७९ जेष्ठ २, सोमबार ११:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ