लुम्बिनीको मायादेवी मन्दिरमा मोदीले यसरी गरे प्रार्थना


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संक्षिप्त भ्रमणका क्रममा लुम्बिनी आइपुगेका छन् । उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरे ।

बुद्ध जयन्त्रीको अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन मोदी लुम्बिनी आएका हुन् । मोदी भारतीय वायु सेनाको हेलिकप्टरमा साेमबार बिहान करिब ११ बजे गौतम बुद्ध विमानस्थलमा ओर्लेका थिए ।

आगमनपश्चात दुवै देशका प्रधानमन्त्रीले मायादेवी मन्दिरमा एकसाथ प्रार्थना गरे । मोदीले लुम्बिनीमा न्यानो स्वागतको लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् ।

उनले लुम्बिनी आइपुगेको केही समयपछि सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन्, ‘लुम्बिनीमा न्यानो स्वागतको लागि प्रधानमन्त्री देउवालाई धन्यवाद दिन चाहन्छु ।’

मोदीको आज ६ घण्टा लुम्बिनीमा बिताएर स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित : २०७९ जेष्ठ २, सोमबार १३:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ