बलान बिहुल १ मा पनि जनमत पार्टीको उदय, वडाध्यक्षमा यादव विजयी


टुडेखोज, लहान । सप्तरीको बलान बिहुल गाउपालिका वडा नम्वर १ मा पनि जनमत पार्टीको उदय भएको छ ।

बलान बिहुल गाउपालिका १ को वडाध्यक्षमा जनमत पार्टीका रामकुमार यादव विजयी भएका हुन् । यसअघि पनि जनमत पार्टीका केहि वडाध्यक्ष उम्मेदवार विजयी भइसकेका छन् ।

जनमत पार्टी पहिलो पटक स्थानीय तहको निर्वाचनमा भाग लिएको छ । सो पार्टीका अध्यक्ष उम्मेदवार पनि केहि पालिकामा अग्रता लिएका छन् ।

प्रकाशित : २०७९ जेष्ठ २, सोमबार १४:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ