यस्तो पनि ! अध्यक्षमा जितेर ५ वर्ष गाउँपालिका चलाएका यी नेता वडा सदस्यमा हारे


काठमाडौं । आठराई गाउँपालिकाका निवर्तमान अध्यक्ष मानबहादुर लिम्बु वडा सदस्यमा पराजित भएका छन् ।

स्थानीय तह निर्वाचन २०७४ मा ३ हजार ८ सय ७४ मत ल्याएर नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका लिम्बु यस पटकको निर्वाचनमा भने वडा सदस्यमा पराजित भएका हुन् ।

गाउँपालिका अध्यक्ष पदबाट राजीनामा दिएर ७ नम्वर वडामा कलम चिह्न लिएर गठबन्धन दलको तर्फबाट खुल्ला वडा सदस्य पदमा उम्मेदवारी दिएका लिम्बुले ३ सय ३९ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका पूर्वजिल्ला सचिवसमेत रहेका लिम्बुले ५ वर्षअघि सम्पन्न एमालेको १०औं जिल्ला अधिवेशनमा जिल्ला अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए ।

त्यसबखत उनी हालका प्रदेश सांसद् लक्ष्मण तिवारीसँग एमाले जिल्ला अध्यक्षमा पराजित भएका थिए ।

त्यसलगत्तै भएको स्थानीय तह निर्वाचनमा एमालेले लिम्बुलाई आठराई गाउँपालिकाको अध्यक्ष पदको टिकट दिएपछि उनी उक्त पदमा विजयी भएका थिए ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल निकट भएर खुलेका लिम्बु एमाले विभाजनपछि नेकपा एसमा प्रवेश गरेका थिए ।

जिल्ला समन्वय समितिमा जानका लागि गठबन्धन दलको सहमतिमै वडा सदस्य पदमा उम्मेदवारी दिएको लिम्बुले बताए । पराजयसँगै जिल्ला समन्वय समितिमा जाने उनको सपना अधुरै रहेको छ ।

प्रकाशित : २०७९ जेष्ठ ३, मंगलवार ०९:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ