धनुषाको धनौजी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा काँग्रेस विजयी


जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

गाउँपालिका अध्यक्षमा राजकुमार साह विजयी भएका हुन् । उनले २ हजार २६२ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी लोसपाका जीवेन्द्र झा २ हजार १६३ मत पाएका छन् ।

यस्तै गाउँपालिका उपाध्यक्षमा कांग्रेसकै रामबति देवी मण्डल निर्वाचित भएकी हुन् । उनले २ हजार ४३० मत ल्याएकी छिन् ।

उनको निकटतम प्रतिस्पर्धी लोसपाकी रंजितादेवी मण्डलले १ हजार ९०१ मत पाइन् ।

प्रकाशित : २०७९ जेष्ठ ३, मंगलवार ०९:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ