लहानको मेयरमा एमालेका साहभन्दा कांग्रेसका चौधरी दोब्बर मतले अगाडी


जयनाथ यादव, सिरहा । लहान नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेश चौधरी प्रतिस्पर्धीभन्दा दोब्बर मतले अगाडी बढेका छन् ।

लहान नगपालिका १ देखि ८ वडासम्मको मतगणना गर्दा मेयर उम्मेदवार चौधरी ६ हजार १५४ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका मुनी साह ३ हजार २५९ मत पाएका हुन् ।

साह लहानका निवर्तमान मेयर रहेपनि अपेक्षा अनुसार भोट ल्याउन सकिरहेका छैन् । यो निर्वाचनमा कांग्रेस- जसपा र नेकपा माओवादी केन्द्रबीच गठबन्धन बनेकाले मेयरमा चौधरी विजयी हुने सम्भावना छ ।

लहानमा नेकपा एकिकृत समाजवादी कमजोर देखिएको छ । यो पार्टीका मेयर उम्मेदवार बिनोद साह हालसम्म ५१९ मत मात्र ल्याएका छन् ।

प्रकाशित : २०७९ जेष्ठ ३, मंगलवार १२:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ