प्रचण्डकै क्षेत्रमा गठबन्धनलाई एमालेले हरायो, माडीको मेयरमा ताराकुमारी विजयी


चितवन । माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र माडी नगरपालिकामा एमालेले जित निकालेको छ ।

यसअघि माओवादीले जितेको माडीको मेयरमा यसपटक एमालेकी ताराकुमारी काजी महतो विजयी भएकी छन् ।

निवर्तमान उपमेयरसमेत रहेकी ताराकुमारीले ९ हजार ९०१ मत प्राप्त गरेर मेयर जित्दा निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादी केन्द्रका ऋषिराम काफ्लेले ७ हजार ७२९ मत पाएका छ्न् ।

उपमेयरमा भने नेपाली कांग्रेसका खेमप्रसाद महतो ६ हजार ८३० मतले जितेका छन् ।

प्रकाशित : २०७९ जेष्ठ ३, मंगलवार १७:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ