जनकपुर : कांग्रेस र एमालेबीच लफडा, मतगणना स्थगित


जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना स्थगित भएको छ ।

वडा नम्बर ५ को मतगणना भइरहँदा नेपाली कांग्रेस र नेकपा एमालेका प्रतिनिधिबीच विवाद उत्पन्न भएको थियो । विवाद समाधान हुन नसकेपछि निर्वाचन अधिकृतको कार्यालयले अर्को सूचना प्रकाशित नभएसम्मका लागि मतगणना कार्य स्थगित भएको जनाएको छ ।

जारी मतगणनामा कांग्रेसका योगेन्द्र पंजियारलाई नेकपा एमालेका उम्मेदवार सुखदेव यादवले पछाडि पारेका छन् । यादवले २ हजार १९० मत ल्याउँदा पंजियारले १ हजार ८९० मत पाएका छन् ।

प्रकाशित : २०७९ जेष्ठ ३, मंगलवार १७:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ