महोत्तरीको मनरासिस्वा नगरपालिकामा कांग्रेसका मेयर र उपमेयर विजयी, निवर्तमान मेयर तेस्रोमै सिमित


जनकपुरधाम । महोतरीको मनरासिस्वा नगरपालिकामा मेयर र उपमेयर दुबै पद नेपाली काग्रेसले जितेको छ ।

मेयरमा काँग्रेसका मोहन पाण्डेयले ९६४ मतान्तरले विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले ५ हमार ८८४ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा)का महेन्द्र यादव ४ हजार ९२० मत ल्याए छन् ।

यस्तै निवर्तमान मेयर समेत रहेका लोसपाका संजय कुमार सिंह मात्र २ हजार ७७२ मत पाए । ०७४ को निर्वाचनमा उनी तत्कालिन राजपाबाट मेयरमा जितेका थिए ।

उपमेयरमा नेपाली काँग्रेसकी सकुन्तला देवीले ५ हजार ७४५ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी जसपाकी निर्माला देवी सिंह ४ हजार ८४२ मत ल्याएकी छन् ।

प्रकाशित : २०७९ जेष्ठ ४, बुधबार ०७:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ