सिरहामा नेकपा एसले खोल्यो खाता, केदारनाथ यादव पुन: अध्यक्षमा विजयी


सिरहा । सखुवानन्कारकट्टी गाउपालिका अध्यक्ष जितेर नेकपा एकिकृत समाजवादी पार्टी सिरहामा खाता खोलेको छ ।

अध्यक्षमा एकिकृत समाजवादीका केदारनाथ यादव २६ भोटको मतान्तरले विजयी भएका हुन् । निवर्तमान अध्यक्ष समेत रहेका उनले ३ हजार ४०७ मत ल्याएका छन् । ०७४ को निर्वाचनमा यादव तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका सत्रुधन प्रसाद साहले ३ हजार ३८१ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपाध्यक्षमा भने नेपाली कांग्रेसकी निलम यादव ३ हजार ४६२ मत ल्याएर विजयी भएकी छन् । उनका निकटम प्रतिस्पर्धी एकीकृत समाजवादीकी प्रमिला यादवले ३ हजार २२६ मत पाइन् ।

प्रकाशित : २०७९ जेष्ठ ४, बुधबार १२:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ