मधेसका मन्त्री रहेका माओवादी नेता साहले वडाध्यक्ष पनि जिताउन सकेनन्


जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिका–६ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको छ ।

माओवादीलाई २२ मत अन्तरणले पराजित गर्दै कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार रामस्वार्थ यादव निर्वाचित भएका हुन् । उनले ६३७ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्धी नेकपा माओवादी केन्द्रका चन्द प्रभा यादव ६१५ मत ल्याएका छन् । माओवादीको गढ मानिने यस वडामा कांग्रेस विजयी भएको छ ।

माओवादी नेता एवं मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले यसै वडाबाट मतदान गरेका थिए ।

साहले आफ्नो भाई बुहारी जनकदुलारी साहलाई गौशाला नगरपालिकाको उपमेयर पदको उम्मेदवार बनाएको छ ।

मधेस प्रदेशका संसदिय दलका नेता समेत रहेका साहलाई मधेसमा माओवादीको प्रभावशाली नेता मानिन्छ ।

प्रकाशित : २०७९ जेष्ठ ४, बुधबार १५:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ