मधेसमा नेकपा एसको दोस्रो जित, गौरको मेयर र उपमेयर विजयी


जनकपुरधाम । रौतहटको गौर नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा शम्भु साहले ६ हजार ३८१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अजय गुप्ता ३ हजार ७५५ मत ल्याए ।

यस्तै उपमेयरमा पनि एकीकृत समाजवादीकै शैलकुमारी साह ४ हजार ८०९ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का अमरुल कले १ हजार ४७ मतमै सिमित भए ।

यसअघि नै सिरहाको सखुवानन्कारकट्टी गाउपालिका अध्यक्षमा एकिकृत समाजवादीका केदारनाथ यादव विजयी भइसकेका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रिताकुमारी यादवले १ हजार ५८४ मत प्राप्त गरेकी छन्।

प्रकाशित : २०७९ जेष्ठ ४, बुधबार १७:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ