जसपा धनुषा अध्यक्षलाई हराउँदै कमलाको मेयरमा कांग्रेसका विशेश्वर विजयी


जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) धनुषा अध्यक्षलाई हराउदझ कमला नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका विशेश्वर यादव विजयी भएका छन् ।

उनले ३ हजार ८८७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जसपाका जिल्ला अध्यक्ष समेत रहेका उम्मेदवार पशुपति यादवले २ हजार ८५९ मत पाएका छन् ।

यस्तै उपमेयरमा पनि कांग्रेसकै शिलादेवी मण्डल विजयी भएकी छन् । उनी ३ हजार ८८७ मत ल्याएकी छन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीकी सरस्वती सिन्हा कुशवाहाले २ हजार ७६६ मत पाइन् ।

प्रकाशित : २०७९ जेष्ठ ५, बिहीबार ०७:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ