सिरहा नगरपालिकामा एमाले विजयी, मेयर बने शहिद हेमनारायणका छोरा डा. नविन


जनकपुरधाम । सिरहा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।

मेयरमा शहिद हेमनारायण यादवका छोरा डा. नविन यादव विजयी भएका हुन् । उनले ११ हजार १४३ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्र कुमार यादव ८ हजार ७३२ मत ल्याएका छन् । उपेन्द्र सिरहाका पूर्व उपमेयर हुन् ।

सिरहाका निवर्तमान मेयर तथा जसपाका उम्मेदवार अशेश्वर यादव तेस्रो स्थानमै सिमित बने । उनले मात्र ७ हजार ७५२ मत पाए ।

उपमेयरमा एमालेकै बविता कुमारी साह विजयी भएकी छन् । उनी १० हजार १२६ मत ल्याएकी छन् । उनकी निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सरिता यादव ८ हजार ५७७ मत ल्याइन् ।

प्रकाशित : २०७९ जेष्ठ ५, बिहीबार १०:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ