मधेसका मुख्यमन्त्रीका पूर्व स्वकीय सचिव यादवको जमानत जफत


जनकपुरधाम ‌। पर्साको पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै कांग्रेसले जितेको छ ।

नेकपा एमालेका उम्मेदवारलाई १२ सय मतले हराउँदै अध्यक्षमा कांग्रेसका दिनेशकुमार चौधरी विजयी भएका छन् । उनले ५१४४ मत ल्याए भने एमालेका हरिनरायण चौधरीले ३९४४ मत प्राप्त गरे ।

नेपाल सुशासन पार्टीका लालबाबु महरले ७२३ मत ल्याइ तेस्रो भए । जनता समाजवादी पार्टीका मेयर उम्मेदवार दिपकप्रसाद यादवले भने ४६९ मत मात्र ल्याए । उनको जमानत समेत जफत भएको छ ।

निर्वाचन अघिसम्म उनी मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव थिए । पदबाट राजीनामा दिएर उनी स्थानीय निर्वाचनमा मेयरमा उम्मेदवारी दिएका थिए ।

उपाध्यक्षमा कांग्रेसकी ममता महतोले ४४४४ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मन्तुरा देवीले ४०१३ मत ल्याइन् । – सेतोपाटी

प्रकाशित : २०७९ जेष्ठ ५, बिहीबार १७:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ