विमलेन्द्र निधीले गृहनगर नगराइनमा मेयर जिताए, उपमेयर गुमाए


जनकपुरधाम । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधीको गृहनगर धनुषाको नगराइन नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।

मेयरमा कांग्रेसका विनय कुमार यादव ५ हजार ५५६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका रामबावु पंजियार ५ हजार ५१४ मत पाएका छन् ।

यस्तै उपमेयरमा नेकपा एमालेकी राधादेवी यादव ५ हजार ७३० मत ल्याएर विजयी भएकी छन् । उनकी निकटम प्रतिस्पर्धी कांग्रेसकी रंजु कुमारी साह ५ हजार ५२३ मत ल्याइन् ।

प्रकाशित : २०७९ जेष्ठ ६, शुक्रबार ०८:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ