औरहीको मेयर र उपमेयर दुवै लोसपाले जित्यो


महोत्तरी । महोत्तरीको औरही नगरपालिकाको मेयर उपमेयर दुवै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले जितेको छ ।

मेयरमा प्रदीपकुमार खड्का ६ हजार ६७ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनिलकुमार यादवले ५ हजार ७४७ मत पाए ।

यस्तै उपमेयरमा लोसपाकै रेणु झा निर्वाचित भइन् । उनले ५ हजार ८०८ मत पाइन् । उनकी निकतम प्रतिद्वन्द्वी कांग्रेसकी रेखा यादवले ५ हजार ६०५ मत पाइन् ।

९ वटा वडा रहेको ओरहीमा ५ वटा वडा १, २, ३, ६ र ७ को वडाध्यक्ष पनि जसपाले जितेको छ । बाँकी ४ वटामा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित : २०७९ जेष्ठ ६, शुक्रबार ०८:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ