सिरहाको कल्याणपुरका मेयर र उपमेयरमा एमाले विजयी


सिरहा । सिरहाको कल्याणपुर नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ ।

प्रमुखमा निर्वाचित एमालेका राम पुकार साहले ५ हजार ८ सय ८३ मत प्राप्त गरेर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका धर्मनाथ यादवले ५ हजार ३५३ मत प्राप्त गरेर पराजित भएका छन् ।

उपप्रमुखमा निर्वाचित रेखा कुमारी यादवले ५ हजार ७३३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी धनेश्वरी देवि मण्डलले ५ हजार ४७० मत प्राप्त गरेर पराजित भइन् ।

प्रकाशित : २०७९ जेष्ठ ६, शुक्रबार १०:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ