लहानमा महेश चौधरीको उदय, यसरी भत्काए एमालेको गढ


धर्मेन्द्र पासवान, लहान । लहान नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसको महेश प्रसाद चौधरी र उपप्रमुखमा नेपाली रामचलितर महतो विजयी भएका छन् ।

नेपाली कांग्रेस संघीय क्षेत्र नं १ का क्षेत्रीय सभापति समेत रहेका चौधरी २० हजार १ सय ५ मत ल्याउँदै विजयी भएका हुन् । २०५४ र २०७४ मा लहान नगर प्रमुख रहिआएको निवर्तमान मेयर मुनि साह सुडीलाई ८ हजार १ सय ३९ मतले पछि पार्दै चौधरी विजयी भए ।

चौधरीका निकटतम प्रतिस्पर्धी सुडीले ११ हजाए ९ सय ६६ मत प्राप्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी) विनोद कुमार २ हजार १ सय ५२ मत प्राप्त गरि तेस्रो भएका छन् ।

उप-प्रमुखमा जनता समाजवादी, पार्टी नेपालका रामचलितर महतो १२ हजार ५ सय ६९ मत प्राप्त गरी विजय भएको छ । उनका निकटतम प्रतिस्पर्धीहरु नेकपा एमालेका निवर्तमान उप-प्रमुख सरियार कुमारी चौधरीले ११ हजार ७ सय ९० र नेकपा (एकीकृत समाजबादी)की कंचन चौधरीले ४ हजार ६ सय ५६ मत प्राप्त गरिन् ।

२४ वडा रहेको लहान नगरपालिकामा सबैभन्दा बढी नेपाली कांग्रेस १५ वटा, नेकपा एमालेले ४ वटा, जनता समाजवादी पार्टी, नेपालले २ वटा र माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादीले) १/१ वटा वडामा जित हात पारेको छ ।

जसपालाई उप-प्रमुख र माओवादी केन्द्रलाई एउटा वडा दिने भनी नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी, नेपालबीच गठबन्धन भएको थियो ।

प्रकाशित : २०७९ जेष्ठ ६, शुक्रबार १६:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ