जितेको भोलिपल्टै डोजर लिएर काममा खटिए यी वडाध्यक्ष, फेसबुकमा भाइरल बने


हेटौंडा । हेटौंडा उपमहानगरपालिका-२ का नवनिर्वाचित वडाध्यक्ष विष्णुगोपाल महर्जनले निर्वाचित भएको भोलिपल्टैबाट वडाको काम थालेका छन् ।

उनले हेटौंडा २ को को संगमचोकको सडकको स्तरीकरण गर्न सुरु गरेका हुन् । वडाध्यक्षको उम्मेदवारी दर्ता भएपछि मत माग्ने क्रममा मतदातालाई बाचा गरेअनुसार आफूले सडक स्तरीकरणको काम सुरु गरेको महर्जन बताउँछन् ।

कांग्रेसबाट उम्मेदवार बनेका महर्जन वडामा बागी उम्मेदवारसहित एमालेका उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

हेटौंडा उपमहानगरपालिकाबाटै अनिवार्य अवकाशप्राप्त इन्जिनियर महर्जन मकवानपुरमा होटल व्यवसाय, स्वास्थ्य संस्था सञ्चालकको रूपमा क्रियाशील छन् ।

चुनाव जितेलगत्तै काममा खटिएको तस्वीर सार्वजनिक भएपछि वडाध्यक्ष महर्जनको सर्वत्र चर्चा चलेको छ । उनी फेसबुकमा भाइरल भएका छन् ।

प्रकाशित : २०७९ जेष्ठ ६, शुक्रबार १७:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ