औरहीको अध्यक्षमा शिवजी यादव विजयी, सिदार्थ यादव १३७६ भोटले हारे


टुडेखोज, सिरहा । औरही गाउँपालिका अध्यक्षमा जसपाका शिवजी यादव सान्दार जित निकालेका छन् । उनले निवर्तमान मेयर सिदार्थ यादवलाई १३७६ भोटले पराजित गरेका हुन् ।

शिवजीले ३४६० मत ल्याएर विजयी भएका छन् । उनका निकटम प्रतिस्पर्धी निवर्तमान मेयर तथा नेकपा माओवादी केन्द्रका उम्मेदवार सिदार्थले मात्र २०८४ मत पाए । यो चुनावमा सिदार्थले लज्जास्पद हार व्यहोरे ।

२०७४ को निर्वाचनमा जसपाबाटै मेयरमा चुनाव लडेका शिवजी मात्र ६ भोटले माओवादीका सिद्धार्थबाट पराजित भएका थिए । तर यो चुनावमा शिवजीले १३७६ मतान्तरले सिदार्थलाई हराउन सफल भए ।

प्रकाशित : २०७९ जेष्ठ ६, शुक्रबार २१:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ