Breaking- उपेन्द्र यादवका छोरा विराटनगरको उपमेयरमा पराजित


जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको छोरा अमरेन्द्र यादव विराटनगर महानगरपालिकाको उपमेयरमा पराजित भएका छन् ।

नेपाली कांग्रेससंग गठबन्धन गरेर चुनाव लड्दा पनि उपेन्द्र यादवका छोरा अमरेन्द्र पराजित भए । उनलाई हराएर एमालेकी शिल्पा निराला कार्की विजयी भएकी छन् ।

कार्कीले २५ हजार ६८० मत ल्याएकी छन् । जबकी अमरेन्द्र यादवले मात्र १४ हजार २१९ मत पाएका छन् । अमरेन्द्र झण्डै ११ हजार मतान्तरले पराजित भएका हुन् ।

विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार नागेश कोइराला विजयी भएका छन् ।

प्रकाशित : २०७९ जेष्ठ ७, शनिबार ०६:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ